पछिल्लो समयमा उनी मिस तामाङ भनेर मात्र चिनिएकी छैनन् । न त साइबरसंसारकी मोडलका रुपमा मात्र मान्छेले सीमित घेरामा राखेर हर्ेछन् । कान्तिपुर टेलिभिजनको 'घरबेटी बा' र भूषण दाहालको म्युजिक भिडियो 'मै ठूली भइछु रे !' को ख्यातिसँगै उनको लोकप्रियताका आधार पनि फराकिला भएका छन् ।
गएको बिहीबार उनीसँग डेट गर्न पाउने चिठ्ठा जितेर आएका नेपालको सुदूर पश्चिमी क्षेत्र कैलालीका युवा लोकेन्द्र रावत निकै खुशी देखिएका थिए । उनलाई जेनिशा निकै मन पर्थिन्, उनलाई कहाँ भेटुँ भइरहेको थियो र जुरायो साइबरसंसारडटकमले । उनी जेनिशासँग त राम्रैसँग गफि्फँदै थिए, तर अनुहार उनको रातोपीरो थियो ।
डेटिङको एकान्तिकता सकिएपछि हामीले उनलाई सोध्यौँ, कस्ती लाग्यो त जेनिशा - "साह्रै मज्जाकी । खुलस्त । धेरै जानकारी भएकी मृदु भाषी", लोकेन्द्रको यो उत्तरले तपाइँलाई छोयो भने तपाइँ पनि भिडियो हर्ेर्नुस् र त्यसको आँकलन गर्नुस् ।








