Celebrity Dating
दुवै बोलक्कड, वरिपरि बाल छैन
25 March 2008-Tuesday
-Achyut Koirala

 

सेलिब्रिटी डेटिङमा कहिलेकाहीँ यस्तो हुन्छ कि डेटमा आएका कलाकार कहिले धुम्धुम्ती बसिदिन्छन् । अनि कहिले डेटमा आएका व्यक्ति कलाकारलाई हर्ेर्दैमा नर्वस हुन्छन् र के बोल्नु र कसो बोल्नु हुँदै समय सकिदिन्छन् । समय सकिएपछि चाहिँ ओ हो यस्तो कुरा सोध्नु थियो, यस्तो कुरा भन्नु थियो भन्ने थकथकी लागिरहन्छ ।

तर यस पटक त्यस्तो भएन । बाफलमा बस्ने विशान गुरुङले उनकी प्रिय गायिका रेश्मा सुनुवारसँग डेट गर्ने अवसर पाए । तर दुबै बोलक्कड, वरिपरि को छ के छ मतलब रहेन । र, यस्तो डेटिङमा यसरी रमाइलो गर्ने जोडी हामीले चाहिँ अहिलेसम्म देखेनौँ ।

राजधानीमा पढिरहेका -कति र के पढिरहेको बताउन चाहेनन्) विशानले त केसम्म भनिरहेका थिए भने उनी यो डेटमा आफ छानिन्छु भन्ने पहिले नै चाल पाइसकेका थिए रे ! भने- "म त यस्ता प्रतियोगिताहरुमा बारम्बार के के जाति म्यासेज पठाइरहेको हुन्छु र अधिकांशमा मेरो म्यासेज उत्कृष्ट ठानिन्छ । त्यसैले यस पटक पक्कै म छानिन्छु नत्र त्यहाँ धाँधली हुन्छ भन्ने मलाई लागिरहेको थियो ।"

यता गायिका रेश्माले चाहिँ आफूले डेट गर्ने व्यक्ति लामो कपाल भएको, हेण्डसम होला भन्ने सोचेकी थिइन् तर उनले सोचेजस्तो देखिएनन् विशान । तर पनि गायिकालाई त्यसले फरक पारेन । भन्दैथिइन्- "उहाँ ज्यादै रमाइलो व्यक्ति हुनुहुँदो रहेछ । जसका कारण हाम्रो डेट रोचक भयो ।"

डेटमा के कुरा भयो त - तपाइँले विस्तृत कुरा त यो भिडियो हेरेर नै चाल पाउनु हुन्छ तर अधिकांश समय यी दुवैले टेलिभिजन सिरियलको कुरा काटेरै बिताइदिए । लौ मजा लिनुस्, यी दर्ुइको डेटको ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Merorug Showroom Opening!

CG Lux Kamana Film Awards 2075

CG Lux Kamana Film Awards 2075 - Red Carpet

A Conversation With Prabal Gurung
 
 
 
 
 
© Copyright 1997 to 2021 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.