एक दिन डिल्लीबजार उकालो उक्लिने बेलामा अनील श्रेष्ठको फेन्सी स्टोरमा एउटी सुन्दर युवती छिरिन् । आफ्नो पसलमा सुन्दर युवती छिर्दा जो कसैले एक चोटी मज्जैले 'आँखा सेकिने गरी' हर्ेछ नै ! उनले त्यतिबेला ती युवतीलाई त्यसैगरी हेरे । रमाइलो के भयो भने उनले त्यतिबेलै टेलिभिजनबाट 'असल लोग्ने' टेलिफिल्म हेरेका थिए । त्यही 'असल लोग्ने'की 'सुन्दर स्वास्नी' हो भन्ने पत्ता लगाउन अनीललाई कुनै गाह्रो भएन । उनी थिइन्, अहिलेकी चर्चित नायिका अरुणिमा लम्साल ।
साइबरसंसारले हरेक पन्ध्र दिनमा आयोजन गर्ने सेलिब्रिटी डेटिङका लागि अरुणिमाको फोटो राखेपछि डिल्लीबजारमा फेन्सी पसल चलाउने अनीललाई पनि उनीसँग डेट गर्ने इच्छा पलायो । उनले साइबरसंसारको नियम फलो गरे । त्यसपछि एउटा मात्र एसएमएस गरेका के थिए, उनले भोलिपल्ट साइबरसंसारबाट फोन पाए । उनले कार्यक्रममा भन्दैथिए- "यो कार्यक्रम यति निष्पक्ष होला र एउटै मात्र एसएमएस गर्दा आफू छानिएला भन्ने १० मनमा एक मन पनि सोचेको थिइनँ ।"
यसरी त्यस दिन उनी अरुणिमाका अघिल्तिर अनील थिए र अनीलले तीन वर्षघि उनको पसलमा छिरेको घटना सम्झाउँदै थिए । यी नायिकाको दिमाग पनि कम तेज रहेनछ, उनले भनिन्- 'ए... ए.... चिनेँ । तपाइँसँग तपाइँकी आमा पनि हुनुहुन्थ्यो !" यसपछि यी दुवैको गफ जम्यो !
अरुणिमाले त्यसो त आफ्नो अभिनय "यस्तै रहेछ जिन्दगी" बाट शुरु गरेकी थिइन् । तर त्यो सिनेमा चलेन र उनले पनि चित्त बुझाएकी थिइन्- वास्तवमा यस्तै रहेछ ! तर 'धडकन' चलचित्रले उनको सिनेयात्रालाई तेज गराइदियो । तीन वर्षो उनको अभिनय करियरमा २५ वटा सिनेमामा अभिनय गरिसकेकी उनले दर्जनौँ म्युजिक भिडियोमा पनि अनुहार देखाइसकेकी छिन् । नेपाली टेलिभिजनमा भिजे भएर पनि काम गरिसकेकी यिनलाई मन पराउनेहरुले त कतिसम्म भन्छन् भने यिनी बलिउडकी अमिषा पटेलजस्तै लाग्छिन् रे !
आउनुहोस्, अनील र अरुणिमाको डेटिङ कस्तो भएछ, एकै छिन भिडियोको स्वाद चाख्नुस् ।