









खासमा त नियमको कुरा गर्ने हो भने सेलिब्रिटी डेटिङमा त्यसले मात्र भाग लिन पाउँछ, जसले यो प्रतियोगिता जितेको छ । तर पुष्पा मंगलबार आइपुगिन्, आफ्ना कजिनहरुसित । कजिनहरु पनि कम्ताका रमाइला रहेनछन्, आफ्नी बहिनीको रमाइलोमा थप रमाइलो थप्न आइपुगेका तिनीहरुले पनि अविनाश घिसिङसित मज्जैले डेटिङ गरे ।
तर प्राथमिकता त पुष्पाकै आउँथ्यो । त्यसैले शुरुमा भेटघाट गर्ने, अविनाशसँग मनका कुरा गर्ने, एकान्तमा भेट्ने आदि अवसर त उनैले पाइन् र बचेको समय उनका कजिनहरुले पनि अविनाशको अटोग्राफ र कुराकानी गर्ने अवसर पाए ।
भर्खर एसएलसी दिएर फूर्सदिला दिनहरु बिताइरहेका पुष्पा र उनका कजन साथीहरु (किनभने कजनभन्दा यिनीहरु साथीजस्ता बढी देखिन्थे ।) ले त्यसो त अविनाशलाई काठमाडौँको उत्तरी भेगमा पर्ने गोंगबुको महादेवटारको एउटा कर्न्र्सटमा त्यहीँ पहिलो पटक भेट्ने अवसर पाएका थिए । तर भिडभाडमा उनीसँग कुरा गर्ने यी तिनलाई अवसर जुरेको थिएन । तर, यस पटक आफूलाई नै डेटिङ गर्ने अवसर पाएकोमा पुष्पाको खुशीको सिमाना नै थिएन ।
आउनुहोस्, यिनीहरुले डेटिङमा कस्तो रमाइलो गरे, एकै छिन् त्यसको स्वाद चाखौँ ।
Download Video

