Celebrity Dating
रोजिनाले डेट गर्न पाउँदा...
21 August 2008-Thursday
-Achyut Koirala

तिमी कत्तिको रोमाञ्चित छौ ? यो प्रश्न भुइँमा नपुग्दै टपक्क टिपेर भर्खरै बीबीएस अध्ययनरत रोजिनाले भनिन्- "एकदमै ! तपाइँले यो एक्साइटमेन्ट मेरो आँखामा हेरेर चाल पाउन सक्नु हुन्छ ।"

हुन पनि गायक सुजील कर्माचार्यजस्ता 'क्युट' र हत्तपत्त बजारमा नभेटिने गायकसँग केही घण्टाका लागि हिमचिम गर्न पाउनु उनका लागि मरिहत्ते गर्ने 'फ्यान'हरुका लागि सुवर्ण अवसर नै हो । त्यसैले त साइबरसंसारडटकमले आयोजन गर्ने गरेको 'सेलिब्रिटी डेटिङ'मा गायकहरु झुल्किने बित्तिकै सयौँ युवतीहरुको इमेल स्याउँस्याउँती आइपुग्छन् ।

यस्तै अवस्था रह्यो, रोजिनाको पनि ! उनी हेटौँडामै जन्मिएर हुर्किएकी हुनाले हेटौँडाबाटै काठमाडौँमा स्थापित भएका गायक सुजीललाई भेट्नु साँच्चिकै रोमाञ्चक क्षण थियो । उसबेला हेटौँडामा भेट्ने अवसर नजुरेको उनलाई यहाँ डेटिङमा भेट्ने अवसर पाउनुलाई एउटा गौरवपूर्ण क्षणका रुपमा लिइरहेकी थिइन् ।

यता सुजीलका लागि पनि रोजिनासँगको भेट कम्ता रोचक रहेन । किनभने गायकलाई भेट्ने बित्तिकै रोजिनाले 'दाइ' भनेर अँगालो हालेकी थिइन् । भर्खरै उब्जिएकी बहिनीबाट प्रभावित भएका सुजीलले रोजिनाको खुलस्त व्यवहार, हाँसिरहने बानी र ट्यालेन्टबाट औधि प्रभावित हुँदै मोडलिङ गर्न सुझाव पनि दिए । रोजिनाले पनि जवाफमा भविष्यमा मिल्यो भने मोडलिङ पनि गरिएला नि दाइ भन्दै थिइन् ।

साइबरसंसारको टिमका लागि यो डेटिङ एउटा फरक अनुभूतिको थियो । किनभने यस पटक बेकरी क्याफे टेकुबाट पूरै टिम सुनधाराको बेकरी क्याफे पुगेको थियो । र, त्यहाँको शान्त वातावरणमा यस पटकको डेटिङको मज्जा बेग्लै अनुभव गरिएको थियो ।

View Photo Gallery »

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Merorug Showroom Opening!

CG Lux Kamana Film Awards 2075

CG Lux Kamana Film Awards 2075 - Red Carpet

A Conversation With Prabal Gurung
 
 
 
 
 
© Copyright 1997 to 2021 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.