
हरेक पन्ध्र दिनमा राजधानीको बेकरी क्याफेमा फ्यान र सेलिब्रिटीहरुको सेतु बन्ने दिन आउँदा मलाई खुशी लाग्छ । एक हुल बाँधेर हामी एक फ्यानलाई उसको सबैभन्दा मन पर्ने सेलिब्रिटीसँग भेटघाट गराइदिने गर्दछौँ र यो क्षण हाम्रा लागि विशेष क्षण बन्छ ।
कुनै बेला सेलिब्रिटी र फ्यान एक अर्काका फ्यान बनेर फर्किन्छन्, कुनै बेला सेलिब्रिटी र फ्यान डेटिङमा बोरिङ हुँदै फर्कन्छन् र कुनै बेला यी दुवै एक अर्का प्रति सम्मानको भाव बोकेर फर्किन्छन् र जिन्दगीभर यिनीहरु यो क्षणलाई समेट्छन् ।
तर यस पटक रिजासँग एक लजालु युवक डेटिङमा आइपुगे । आफूलाई मनपर्ने गायिका भएकाले बुद्ध नामका यी लजालु युवक ढुकढुकी बढाउँदै चिनजान गरे र सेतुको काम गर्ने जिम्मेवारी साइबरसंसारको तर्फाट मेरो थियो ।
च्यानल नेपालको टिम आउन केही समय ढिला भएपछि यी दुइबीच गफगाफ अगाडि नै भइसकेको थियो र पछि धेरै कुराहरु पुनः बनावटी बनाउनु पर्यो तर च्यानल नेपालका दर्शकलाई त्यो रमाइलो नै लाग्नेछ ।
अहिले तबला र नृत्य सिकिरहेका बुद्ध ब्याचलर नपढ्ने सुरमा रहेछन्, यदि उनले भनेजस्तो डीजे पढ्न भारत जान पाए भने । आफूलाई ज्यादै मन पर्ने विषय संगीत भएकाले पनि अन्य विषय पढ्नेतिर उनले उति रुचि लिएका थिएनन् । उनले तिनै कुराहरु रिजासँग साटासाट गरे । तर उनले रिजालाई सोधे- "तपाइँलाई म दिदी भनूम् ?" रिजाले पनि तत्काल स्वीकृति दिइन् र कुराकानीका लागि जुटे, नयाँ दिदीभाइ ।
यसपछि के कुरा भयो, त्यो भिडियोमा तपाइँले हेर्नु नै हुनेछ तर हामीले भने उनीहरुबीचको कुराकानी डिस्टर्व गर्न चाहेनौँ ।
View Photo Gallery »









Download Video

