Celebrity Dating
डेटिंगमा एक नर्वस फ्यान
3 October 2008-Friday
-Achyut Koirala

Click here to view photo gallery »

डेटिंगमा कहिलेकाहीँ नर्वस फ्यान फेला पर्छन् । र, त्यसैका कारण पूरा डेटिंगको रमाइलो खल्लो हुन जान्छ । यस पटक झन्नैझन्नै खल्लोपनामा बित्यो, सेलिब्रिटी डेटिंग ।

यस पटक बुटवल निवासी संगम मल्ल डेटिंगका विजेता थिए । उनी सही समयमा धराहरास्थित बेकरी क्याफेमा आइपुगेका थिए । केही मिनेटअघि मात्र नम्रता आफ्नो विजेता डेटसँग भेट्न आइपुगेकी थिइन् । हामीले शुरुमा विजेतासँग केही बात मार्यौँ र त्यो बात पछि डेट विजेता र सेलिब्रिटीको भेट गराइदियौँ ।

त्यसो त डेट गर्ने अनुभवमा नम्रता अलि जेठी ठहरिएकी छिन् । किनभने यसभन्दा अघि पनि लबएनिहृवेयरडटकमले आयोजन गरेको मोडल डेटिंगमा एक पटक उनले डेट गरिसकेकी थिइन् । त्यो अनुभव यस पटक काम लाग्यो । उनले आफूलाई हेर्न, भेट्न र कुराकानी गर्न भनेर आएका फ्यानलाई कसरी हुन्छ बढीभन्दा बढी सजिलो बनाउने प्रयास गरिन् ।

भर्खरै सानो संसार चलचित्र रिलिज भएको र त्यसको सफलताको स्वाद चाखिरहेकी नायिका, कान्तिपुर एफएमकी आरजे नम्रता र बीबीएस अध्ययनरत संगम (नाम केटीको जस्तो लागे पनि यी पुरुष नै हुन्) ले भेटघाट गरे । योभन्दा बढी म तपाइँलाई केही पनि बताउँदिनँ, भिडियो हेरेर स्वाद लिनुस् है त ।



 

Download Video

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Merorug Showroom Opening!

CG Lux Kamana Film Awards 2075

CG Lux Kamana Film Awards 2075 - Red Carpet

A Conversation With Prabal Gurung
 
 
 
 
 
© Copyright 1997 to 2021 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.